प्रिमियर लिग तत्काल सचारु नगर्न सुझाव

एजेन्सी, २४ वैशाख । इंग्लिस प्रिमियर लिग तत्काल सुचारु नगर्न केही चिकित्सकहरूले सुझाव दिएका छन् ।

प्रिमियिर लिगकै केही चिकित्सकहरूले तत्काल लिग सुचारु भएमा खेलाडीको स्वास्थ्यमा थप चुनौती हुनसक्ने भन्दै यस्तो सुझाव दिएका हुन् ।

लिग सुचारु गर्ने विषयमा बसेको २० वटै क्लबको बैठकमा चार वटा क्लबका चिकित्सकले यस्तो सुझाव दिएको बताइएको छ ।

उनीहरूले १०० वटा प्रश्न र तिनीहरूको उत्तर लेखेर प्रिमियर लिगका प्रमुखलाई बुझाएका छन् ।

प्रिमियर लिग १२ जुनबाट सुचारु हुने आँकलन गरिएको छ ।

केही क्लबहरू भने प्रशिक्षणका लागि मैदानमा उत्रिइसकेका छन् । आर्सनल र टोटनह्याम हटस्पर भने प्रशिक्षणमा फर्किसकेको छ ।

Loading...