birat ribon

ईस्लामी संघद्वारा राहत वितरण

Neuro
ईस्लामी संघद्वारा राहत वितरण

विराटनगर, २३ वैशाख । ईस्लामी संघ नेपाल शाखा प्रदेश न. १ कार्यालय विराटनगर–६ ले मोरङका विभिन्न स्थानमा बुधबार राहत वितरण गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्नलाई रमजानको समयमा समस्या नपरोस् भनेर राहत वितरण गरिएको ईस्लामी संघ प्रदेश न. १ का अध्यक्ष तथा मुस्लिम आयोगद्वारा गठित कोरोना समबन्धि जागरण तथा अनुगमन समितिका मोरङ जिल्ला संयोजक जुल्फकार अलिले बताए ।

cura insider

यो पटकसमेत गरेर तेस्रो पटक राहत वितरण गरिएको ईस्लामी संघ का केन्द्रीय सदस्य तथा प्रदेश १ का निवर्तमान अध्यक्ष मोहम्मद अफजल हुसैनले जानकारी दिए । यस पटक वितरण गरिएको राहत सामाग्री प्रतिपरिवार २५०० बराबरको रहेको र कुल ७ लाख १२ हजार ८ सय २५ बराबरको राहत वितरण गरिएको उनले बताए ।

विराटनगर महानगरपालिका–१५ का एक सय परिवार, वाड न. ६ मा १ सय १० परिवार, मोरङको जहदा गाउपालिकाका ४६ परिवार, मोरङको सुनवर्षी नगरपालिका–९ मा ३० परिवारलाई राहत वितरण गरेको हुसैनले बताए ।

राहतमा १० केजी चामल, ५ केजी आँटा, ५ लिटर तेल, दाल ३ केजी, चिनी ५ केजी, पास्ता २ केजी र नुन २ केजी वितरण गरिएको छ ।

jackson ribon