birat ribon

कोरोना जितेर ६ भारतीय नागरिक डिस्चार्ज भए

Neuro
कोरोना जितेर ६ भारतीय नागरिक डिस्चार्ज भए

विराटनगर, २४ वैशाख । विराटनगरमा उपचार गराएर ६ कोरोना संक्रमित भारतीय नागरिक डिस्चार्ज भएका छन् । कोरोना अस्पताल विराटनगरबाट कोरोना जितेर उनीहरू बुधबार डिस्चार्ज भएका हुन् ।

उदयपुरको एक मस्जिदमा रहेको समयमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ६ जनाको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरू अस्पतालबाट बिदा भएका हुन् ।

cura insider

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरूलाई बिदाइ गरे ।

डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । उनीहरू अस्पतालमा भर्ना भएको १८ दिनपछि कोरोनामुक्त भएका हुन् ।

५ र ६ वैशाखमा अस्पताल भर्ना भएका १३ जनामध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन् ।

डिस्चार्ज सबै भारतीय नागरिक रहेको र हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरूलाई तत्काल विराटनगर रानी मर्कजमा राखिनेछ ।

त्यहाँ निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरूलाई दुई सातासम्म राखिने जनाइएको छ ।

jackson ribon