birat ribon

कोरोना जित्ने भारतीय जमातीलाई एकसाता विराटनगरकाे रानीमा राखिने

Neuro
कोरोना जित्ने भारतीय जमातीलाई एकसाता विराटनगरकाे रानीमा राखिने

विराटनगर, २३ बैशाख । १८ दिनको उपचारपछि कोरोना भाइरस मुक्त भएका ६ जना भारतीय नागरिकलाई विराटनगर महानगरपालिका– १७ मा राखिने भएको छ ।

बुधार डिस्चार्ज हुने ६ जना जमाती( मुस्लिम धर्म प्रचारक)लाई एकसातासम्म विराटनगर– १७ को रानी मदर्सामा राखिने भएको हो ।

cura insider

संक्रमण मुक्त भएपनि एकसाता निगरानीका लागि रानीमा राख्ने व्यवस्था मिलाइएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरले जानकारी दिए । ‘एकसातासम्म निगरानीमा राख्छौं ।’ उनले भने ‘एकसाता पछि अन्यनत्र जान सक्नुहुन्छ ।’

मन्त्रालयले कोरोना मुक्त भएकाहरुलाई एकसातासम्म निगरानीमा राख्नका लागि मदर्साका १० वटा कोठाको व्यवस्था मिलाएको छ । ती कोठामा संक्रमण मुक्त भएका मुस्लिम समुदायका व्यक्तीलाई राखिने मन्त्री घिमिरेले बताए ।

विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय जमाती मंगलबार कोरोना मुक्त भएका हुन ।

५,६ बैशाखमा भर्ना भएका १३ जनाको पून कोरोना परीक्षण गर्न ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । तीन पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।

विराटनगरको कोरोना विषेश अस्पतालमा ३१ जना उपचार गराइरहेका छन । ती मध्ये २८ जना उदयपुरमा भेटिएका हुन । झापाका २ र भोजपुरका १ पनि उपचार गराइरहेका छन ।

jackson ribon