birat ribon

लकडाउनमा अवैध करोवार : भारतबाट भित्रिएको खाली ट्रकबाट एक करोड नौ लाख बरामत

Neuro
लकडाउनमा अवैध करोवार : भारतबाट भित्रिएको खाली ट्रकबाट एक करोड नौ लाख बरामत

विराटनगर, २३ वैशाख । लकडाउनका कारण बजार–पसल बन्द छन् । कोरोना संक्रमण रोक्न सरकारले नाकामा उच्च सतर्कता अपनाउँदै मालबाहक सवारीबाहेक अन्यलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

तर हुण्डी कारोवारीले भने मालबाहक ट्रकलाई नै कारोवारको माध्यम बनाएको पाइएको छ । लकडाउनमा हुण्डीमार्फत भित्रिएको ठूलो रकम बरामद भएपछि कारोवारीको नयाँ माध्यम बाहिर आएको हो ।

cura insider

सशस्त्र प्रहरी बलको सीमा सुक्षा पोष्टले रानीले भारतको सुपौलबाट आएको भनिएको खाली ट्रकबाट एक करोड नौ लाख ७९ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

डब्लूबी ३७ ई ७६३५ नम्बरको खाली ट्रक चेकजाँच गर्ने क्रममा रकम बरामद भएको सशत्र प्रहरी बल ३ नम्बर हेडक्वार गण मोरङका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले बताए ।

‘नाकामा चेकजाँच गर्दा शंकास्द लागेपछि गाडी भित्र हेर्‍यौं,’ उनले, ‘रकम भेटिएपछि सवार दुईजनालाई निन्त्रणमा लिएका छौं ।’

शसत्र प्रहरीले ट्रक चालक सिलगुडीका २८ वर्षिय रविकुमार शर्मा र सहचालक मोजहफपुरका १८ वर्षीय पप्पुकुमारलाई पनि नियन्त्रणमा लिएको छ । कार्कीका अनुसार विराटनगरका लागि आएको सो ट्रक सिलगुढी जाने तयारी योजनामा थियो ।

पैसा गन्न एक घण्टा, झण्डै फर्कियो भारत

भारतबाट अबैध रकम आउने प्रहरीलाई पूर्वसूचना थियो । सूचनाका आधारमा प्रहरीले नाकामा चेकजाँच कडा गरेको थियो । लकडाउन सुरु भएयता नाकाबाट भित्रिएका ट्रकका चेकजाँच कडा हुन्छ ।

मंगलबार दिउँसो करिब १ बजे भारतीय नाकाबाट नेपाल नाकातर्फ प्रवेश गर्‍यो । नाकामा ज्वरो नाप गरेर इन्ट्री गर्ने व्यवस्था गरिएको छ । इन्ट्री गर्ने क्रममा प्रहरीले सामान के छ भनेर प्रश्न गर्दा खाली छ भन्ने जवाफ दिए ।

उनीहरूले विराटनगरबाट डाइपर लिन आएको बताए । खाली गाडी जाँच गर्नुपर्छ भन्दा चालकले बरु भारत नै फर्काउने चेतावनी दिए ।

गाडी प्रवेश गरेपछि सशत्र प्रहरी बलको टोलीले ट्रक चेकजाँच गर्‍यो । चेकजाँच गर्दा एउटा काटुन देखियो । काटुन टेपले कसिएको थियो । पूर्वसूचना भएका कारण प्रहरीले कार्टुन खोलेर हेर्‍यो । कार्टुन खोल्दा भित्र बोरा थियो ।

बोराभित्र मात्र प्रहरीले पैसा भेटिएको एक प्रहरी अधिकृतले बताए । ‘भारत नै फर्काउछु भन्दै थियो,’ ती अधिकृतले भने, ‘खाली गाडी भएका कारण भारतमा चेकजाँच भएको थिएन ।’

सशस्त्र प्रहरीका अनुसार गाडी सुपौलबाट आएको हो । विराटगरमा सामान लोड गरेर सिलगुढी जाने भन्दै खाली गाडी आएको थियो ।

jackson ribon