birat ribon

संखुवासभामा जंगली च्याउ खाँदा बाबु-छोरा बिरामी

Neuro
संखुवासभामा जंगली च्याउ खाँदा बाबु-छोरा बिरामी

संखुवासभा, २३ वैशाख । संखुवासभामा जंगली च्याउ खाँदा बाबु-छोरा बिरामी परेका छन् ।

संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसेका ४५ वर्षीय सूर्यबहादुर लिम्बू र उनका ६ वर्षीय छोरा आमोस लिम्बू जंगली च्याउ खाँदा बिरामी भएका हुन् ।

cura insider

सोमबार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुवै बाबु-छोरा बिरामी भई जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

jackson ribon