एजेन्सी, २३ वैशाख । बलिउड सुपरस्टार शाहरुख खानले कोरोना भाइरसको संघर्षमा उत्रिएका फ्रन्टलाइन वर्कर र खाँचोमा परेका मानिसहरूलाई रकम जुटाएर मद्दत गर्नका लागि एक गीत गएका छन् ।

अहिले समस्या भए पनि फेरि पनि स्थिति सामान्य हुने उद्देश्य राखेको गीतको बोल ‘सब सही हो जाएगा’ रहेको छ ।
शाहरुख खानले यो गीतलाई फरक तरिकाले गाएका छन् ।
गीतमार्फत उनले मानिसहरूलाई लकडाउनको बारेमा चिन्ता नगर्न सन्देश पनि दिइरहेका छन् ।
भिडियोको क्याप्शनमा उनले लकडाउनको बेला आफूले गाएको अरूले पनि सहनुपर्ने लेखेका छन् ।
शाहरुखका छोरा अब्रामले बाबा अब भयो भनिरहेका छन् ।
बादशाहले बनाएको गीतमा उनले आवाज दिएका हुन् ।
उक्त अनलाइन कन्सर्टले ३ करोड रुपैयाँ जम्मा गरेको छ ।
शाहरुखका साथ कन्सर्टमा अमिताभ बच्चन, आलिया भट्ट, प्रियाङका चोपडा, निक जोनास, सेफ अलि खान, करीना कपूर खान, आयुषमान खुरानालगायतका कलाकारहरू पनि सामिल थिए ।
शाहरुखले यसअघि पनि महाराष्ट्रमा कोरोनाभाइरस महामारीलाई रोक्नको लागि कार्यरत फ्रन्टलाइन मेडिकल स्टाफका लागि २५ हजार पीपीई किटहरू दिएका छन् ।
Extremely grateful to #IforIndia, @Its_Badshah & @cacklerraj for music, lyrics & for working overnight. Thanks Sunil for the edit. All so that I could sing. Ab bhai,lockdown mein mujhe gaate hue bhi jhelna padhega. AbRam is saying 'papa enough now!’ Par Sab Sahi Ho Jaayega! pic.twitter.com/T7eLzBuC9Q
— Shah Rukh Khan (@iamsrk) May 3, 2020