birat ribon

विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

Neuro
विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

काठमाडौं, २३ वैशाख । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ ।

Padelux insider
cura insider

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मंगलबार दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार रमेश रिजालको नामबाट टिकट काटेर स्वास्थ्य परीक्षण गर्दैगर्दा उनी पक्राउ परेका हुन् ।

उनलाई सोही मेडिकल कलेजमा निगरानीमा राखेर उपचार गराइएको उनले जानकारी दिए ।

भर्‍याङबाट लडेपछि विरहीलाई परिवारले उपचारका लागि अस्पताल ल्याएको जनाएका छन् ।

उनी रत्ननगर नगरपालिका–५ निवासी हुन् ।

विरही अस्पतालमा उपचाररत रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

विरहीले चन्द समूहको प्रकाशन विभाग प्रमुख हेर्दै आएक छन् । उनी तत्कालीन एकीकृत नेकपा माओवादी चितवनको इन्चार्ज थिए ।

jackson ribon