इन्स्टाग्राममा छछल्कियो श्रृष्टि र सौगातको प्रेम

विराटनगर, २३ वैशाख । अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठको प्रेम सम्बन्धमको चर्चा निकै कमलाई थाहा नभएको होला ।

उनीहरूले पनि आफ्नो सम्बन्धलाई नलुकाई खुलेरै प्रस्तुत भएका छन् ।

सौगात र श्रृष्टि केही महिनादेखि लिभिङ टूगेदरमा छन् र अर्को वर्ष विवाह गर्ने तयारीमा समेत छन् । र, लकडाउनको समयमा पनि यी दुई एक साथ रहेका छन् ।

उनीहरूले एक साथ रहेर रमाइलो समय व्यतित गर्दै आएका छन् ।

सानो सानो विषयमा रमाउँदै आफ्नो समयको भरपुर उपयोग गर्दै आएको बेला श्रृष्टिले आफ्नो इन्स्टाग्राममा फोटो सार्वजनिक गर्दै क्युट क्यापसन लेखेकि छन् ।

उनले यस्तो लाइफ होला कि नहोला फेरि आफ्नो जीवनलाई रमाइलो तरिकाले जिउने, र लकडाउन सकेपछि पुरी जेरी खान जानु पर्छ भनेर लेखेकी छिन् ।

Loading...