हालान्ड ल्याउन जिदानको यस्तो योजना

एजेन्सी, २३ वैशाख । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले जर्मन क्लब बोरुसिया डर्टमुण्डका स्टार इयर्लिङ हालान्ड अनुबन्ध गर्ने योजना बनाएको बताइएको छ।

१९ वर्षीय स्टार हालान्ड ल्याउनका लागि जिदान लागिपरेको ‘ले १० स्पोर्ट्स’ले जनाएको छ ।

खबरका अनुसार जिदानले हालान्डका साथै फ्रेन्च क्लब रेन्नेजका स्टार इडुआर्डो काम्भिङ्गा पनि अनुबन्ध गर्ने योजना बनाएका हुन् ।

जिदानले यी दुई स्टारका लागि आफ्ना केही खेलाडी बेच्ने योजना बनाएको खबरमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसका कारण क्लबमा आर्थिक समस्या परेको भन्दै जिदानले आफ्ना केही खेलाडी बेचेर हालान्ड र काम्भिङ्गा अनुबन्ध गर्ने योजना बनाएको ले १० स्पोर्ट्सले जनाएको छ ।

जिदानले आगामी ट्रान्सफर विन्डोभित्रमा यी दुई खेलाडीलाई आफ्नो क्लबमा देख्न चाहेको बताइएको छ ।

त्यसका लागि उनले आफ्ना केही खेलाडी बेच्ने योजना बनाएका छन् । त्यसबाहेक रियलले यो समरमा धेरै खेलाडी बेच्ने योजना बनाएको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार ग्यारेथ बेल, जेम्स रोड्रिग्वेज, लुका मोड्रिक, मार्सेलो, करिम बेन्जेमालाई बेच्न सक्ने छ ।

हालान्ड गत जनवरीमा मात्र अष्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट डर्टमुण्ड आएका हुन् ।

१७ मिलियन पाउण्डमा जर्मन आएका उनी रियल मड्रिडबाहेक म्यानचेस्टर युनाइटेडको पनि नजरमा परेका छन् ।

Loading...