birat ribon

झापाका सडक पेटीबाट नौजना महिलाको उद्धार

Neuro
झापाका सडक पेटीबाट नौजना महिलाको उद्धार

भद्रपुर, २३ वैशाख । प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहलमा सडकमै दयनीय जीवन गुजार्दै आएका नौजना महिलालाई झापाबाट उद्धार गरिएको छ ।

गजमेरको पहलमा झापाको मेचीनगर र विर्तामोडबाट सोमबार ती महिलाको उद्धार गरी विराटनगर लगिएको हो ।

cura insider

मेचीनगरबाट पाँच र विर्तामोडबाट तीन जनाको हिजो उद्धार गरिएको हो भने यसअघि कनकाईबाट एक जनाको उद्धार गरिएको थियो ।

कोरोना संक्रमणको उच्चजोखिम र लकडाउन भएका बेला सडकमा असुरक्षित रूपमा बस्दै र सुत्दै आएका उनीहरुलाई उपचार तथा आश्रय प्रदान गर्नका लागि उद्धार गरिएको राज्यमन्त्री गजमेरले बताइन् ।

अधिकांश उनीहरू मानसिक सन्तुलन गुमाएको अवस्थामा छन् ।

उनीहरूको कोरोना परीक्षण गरिने र त्यसपछि संक्रमण भए उपचारमा लगिने र रोग नभए वृद्धा आश्रममा राखिने बताइएको छ ।

सडकमा असुरक्षित रुपमा बस्दै आएका ती महिलाहरुलाई लकडाउनमा सामाजिक अभियन्ता तथा प्रहरीहरुले खानाको व्यवस्था मिलाउँदै आएका थिए ।

उद्धार गरिएका महिलालाई विराटनगरस्थित मानव सेवा आश्रममा लगिएको एवीसी नेपालका झापा संयोजक कञ्चना ढकालले जानकारी दिइन् ।

jackson ribon