रोनाल्डो दुई साता क्वारेन्टाइनमा

एजेन्सी, २३ वैशाख । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बस्न सुरु गरेको छन् ।

आजबाट पोर्चुगिज स्टार रोनाल्डो होम क्वारेन्टाइनमा बस्न थालेको बताइएको छ ।

कोरोना भाइरसका कारण सिरी ‘ए’ स्थगित भएपछि पोर्चुगल गएका उनी करिब डेढ महिनाको बसाइपछि इटाली फर्किएका छन् ।

छ साताअगाडि टुरिन छोडेका पोर्चुगिज स्टार रोनाल्डो आफ्नो सम्पूर्ण परिवारका साथ मडेइरामा थिए ।

तर, सिरी ‘ए’ सुचारु हुने सम्भावना बढेपछि रोनाल्डो इटाली पुगेका थिए ।

टुरिन फर्किएका रोनाल्डोले १४ दिन होम क्वारेन्टाइनमा बस्न थालेका हुन् । उनी १८ मेबाट मैदान फर्कने अपेक्षा गरिएको छ ।

इटालियन सरकारले ४ मेबाट प्रशिक्षण सुरु गर्न अनुमति दिएको थियो ।

सरकारले सामाजिक दूरी कायमै गरी व्यक्तिगत रूपमा सर्वसाधारणलाई पनि पार्कलगायतका स्थानमा अभ्यास गर्न अनुमति दिएको हो ।

यससँगै फुटबल खेलाडीलाई पनि सोही नियम पालना गरी ट्रेनिङ गर्न अनुमति दिइएको थियो ।

१७ मेसम्म खेलाडीहरूले व्यक्तिगत प्रशिक्षण गर्न पाउनेछन् भने त्यसपछि समूहगत रूपमा प्रशिक्षण हुने आशा गरिएको छ ।

Loading...