Rumpum

Rumpum Advertisement

असरका आधारमा आर्थिक क्षेत्रलाई राहत प्रदान गरिने

असरका आधारमा आर्थिक क्षेत्रलाई राहत प्रदान गरिने

विराटनगर, २३ बैसाख । कोरोना संक्रमणले गर्दा देशको समग्र अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा परेको असरबारे छुट्टाछुट्टै अध्ययन गरीे दिने भन्ने सुविधाबारे राष्ट्र बैंकले योजना निर्माण गर्नेछ ।

मंगलबार संघीय संसद अर्थसमिति बैठकमा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमणको जोखिमबारे राष्ट्र बैंकले बिभिन्न कार्यदल बनाएर असरबारे अध्यन गरिरहेको सोही प्रतिबेदनका अधारमा कुन कुन क्षेत्रलाई के के सुबिधा दिने भन्नेबारे निधो गर्ने छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै आगामी बर्ष नेपालको अर्थतन्त्र पनि निकै चुनौतिपूर्ण रहने गभर्नर अधिकारीले बताएका छन ।

उनले कोरोना संक्रमणले गर्दा विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले आगामी बर्षको अर्थतन्त्र निकै चुनौतीपूर्ण हुन्छ भने ।

उनका अनुसार विप्रेशणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्नेछ ।पर्यटन आय पनि अनुमान गर्न सकिनेछैन ।

थप बैदेशिक लगानी भित्रिन सक्नेछैन । नेपालबाट न्युन मात्र बाहिर एक्स्पोर्ट हुनेभएकोले आम्दानीले भरथेग गर्न सक्दैन । यसैले वैदेशिक मुद्राको संचिति र परिचालनमा उच्च दबाब बढने छ ।

गर्भनर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पुरा नहुने अबस्था सृजना भैसकको बताए ।

कोभिड सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न सको छैन ।अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दवाव पर्ने छ ।

पाँच करोड भन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएको गभर्नर अधिकारीले बताए ।

कोभिडका कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस भन्नका लागि क्लोजली मोनिटरिङ गर्ने व्यवस्था गरिएको पनि संसदिय समितिलाई जानकारी गराए ।