birat ribon

बाख्रा चराउन गएकी बालिकालाई खोलाले बगायो

Neuro
बाख्रा चराउन गएकी बालिकालाई खोलाले बगायो

खोटाङ, २३ वैशाख । खाेटाङमा बाख्रा चराउन गएकी बालिकालाई खोलाले बगाएर मृत्यु भएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काकी १४ वर्षीया छोरी अम्बिका रोक्काको खोलाले बगाएर मृत्यु भएको हो ।

cura insider

सोमबार दिउँसो बाख्रा चराउन खोलातर्फ गएको र फर्कँदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएकी थिइन् ।

खोलाले बालिका बगाएकाे भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थानभन्दा करिब १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ

jackson ribon