Rumpum

Rumpum Advertisement

सुत्नुअघि खान नहुने यी खानेकुराहरू

सुत्नुअघि खान नहुने यी खानेकुराहरू

विराटनगर, २३ वैशाख । लकडाउनको समयमा मानिसहरू केही काम नगरी नै थकित महशुस गरिरहेका छन् ।

काम नभएका कारण उनीहरू दिनभरि सुत्ने पनि गरिरहेका छन् । जसकारण रातमा निन्द्रा नलाग्न पनि सक्छ ।

निन्द्रा नलागेको समयमा मानिसहरू समय काट्नका लागि फिल्म हेर्ने, भिडियो हेर्ने वा केही खाने गर्छन् । तर, रातमा गलत खाना खाएर समस्या थप बढ्न सक्छ ।

रातमा खाएका केहि खानाले निन्द्रादेखि लिएर स्वास्थ्यमा समेत ठूलो असर गर्छ । राम्रो स्वास्थ्य र राम्रो निन्द्राका लागि यास्ता खानेकुराहरूको सेवन रातको समयमा नगर्नुहोस् :

क्याफेनयुक्त पदार्थ – क्याफेन युक्त खानेकुरा जस्तै चिया, कफि, चकलेट, सोडा, एनर्जी ड्रिन्कस्, रातमा राम्रो निन्द्राको लागि खानु हुँदैन । यसले स्नायु प्रणालीलाई असर गरी घण्टाैंसम्म जगाएर राख्छ ।

रक्सी – रक्सीले निन्द्रा लाग्छ भनेपनि यसको सेवनले निन्द्रामा असर गरिरहेको हुन्छ । यसले चिन्तालाई पनि बढाउँछ ।

चिप्स – राति भोक लागेको समयमा एक प्याकेट चिप्स सकाउनु सबैभन्दा सजिलो कुरा हो । तर रातमा चिप्सलाई पचाउन गाह्रो हुन्छ । प्रोसेस्ड खानामा ग्लूटामेटको एक ठूलो मात्रा हुन्छ, जसले निन्द्रामा गडबडी निम्त्याउन सक्छ ।

आइसक्रीम – आइसक्रीममा धेरै मात्रामा फ्याट हुन्छ । रातको समयमा आइसक्रीम खानाले शरीरलाई आइसक्रीममा भएको फ्याट पचाउन समय पाउँदैन । साथै यसमा पाइने चिनी शरीरमा फ्याटको रूपमा परिणत हुन्छ । एक अध्ययनका अनुसार राती उच्च चिनीको मात्राको सेवनले नराम्रो सपना आउने गर्छ ।

पास्ता – पास्ता बनाउनको सजिलो हुन्च, तर यो साँझमा खानको लागि उत्तम खाजा होइन । पास्तामा कार्बोहाइड्रेट्सको उच्च मात्रा हुन्छ र जसकारण सुत्नुअघि पास्ताको सेवन गरेमा, यो सबै बोसोमा परिणत हुन्छ । एकै साथ पास्तामा तेल, चीज, क्रीम, टमाटरको प्रयोगले शरीरमा थप बोसो बढाउँछ । यससँगै, पास्तामा हुने तत्वले रगतमा चिनीको मात्रा बढाउँछ जसकारण रातमा निन्द्रा लाग्दैन ।

डार्क चकलेट: धेरै व्यक्तिलाई सुत्नुअघि चकलेट खाने बानी हुन्छ । चकलेटले व्यक्तिलाई धेरै तरिकामा राम्रो महसुस गर्न मद्दत गर्छ । तर, रातमा सुत्नुअघि डार्क चकलेट खानु हुँदैन । डार्क चकलेटमा क्याफिनको मात्रा उच्च हुन्छ । साथै, डार्क चकलेटमा हुने थियोब्रोमाइनले मुटुको धड्कन पनि बढाउँछ । जसले निन्द्रामा समस्या निम्त्याँउछ ।