birat ribon

मजदुरको ज्वरो नापेर विराटनगर–इटहरी सडक कालोपत्रेको काम

Neuro
मजदुरको ज्वरो नापेर विराटनगर–इटहरी सडक कालोपत्रेको काम

विराटनगर,२३ वैशाख । कोरोना महामारीका कारण रोकिएको रानी–विराटनगर इटहरी–धरान सडक योजनाको काम सुरु भएको छ ।

सतर्कतासहित सडक निर्माणको काम सुरु गरेको ठेकेदार कम्पनी तुण्डी रमण कन्सट्रक्शनका सञ्चालक अभिनास बाेहराले जानकारी दिए ।

cura insider

उनका अनुसार लकडाउन हुँदा कामदार राेकिएका थिए । १५ दिन सेल्फ क्वारेन्टाइनमा बसेपछि काम सुरू भएकाे हाे ।

‘ बैशाख ४ बाट निरन्तर काम गरिरहेका छाैं ।’ उनले भने ‘ निमार्ण कार्यमा सतर्कताका सामाग्रीसहित सामाजिक दुरी पनि कायम गरेका छाैं ।’ तुण्डी रमणले निमुवादेखि इटहरी खण्ड निर्माणकाे ठेक्का पाएकाे छ । साे खण्डमा ६५ प्रतिशत काम सकिएकाे बाेहराले बताए ।

सरकारले लकडाउन गरेपछि १० चैतयता विकास निर्माणका काम राेकिएका छन् ।

jackson ribon