birat ribon

मोरङका स्थानिय तहले बाँडे ७८ हजार थान हातधुने साबुन

Neuro
मोरङका स्थानिय तहले बाँडे ७८ हजार थान हातधुने साबुन

यज्ञ अधिकारी
रंगेली, २३ वैशाख । कोरोना भाइरस संक्रमण रोकथामकालागि मोरङका स्थानिय तहले ७७ हजार ७ सय ६० थान साबुन वितरण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार हात धोएर कोरोना भाइरस संक्रमण रोकथामकालागी जिल्लाका बिभिन्न १७ स्थानिय तहले जिल्लामा ७८ हजार बरावर साबुन वितरण गरेका हुन ।

cura insider

विराटनगर महानगरपालिकाले २६ हजार २ सय ६८ थान , रंगेली नगरपालिकाले १५ हजार ५०४ , रतुवामाइ नपाले ३ हजार ९१७ , पथरीशनिश्चरेले ७ हजार ८९२,बुढींगंगा गापले ६ हजार ३ सय ८३ ,लेटांग नपाले ४ हजार २ सय ८२ , कटहरी गापले ४ हजार , उर्लाबारी नपाले २ हजार २२८ र बेलवारी नगरपालिकाले ४ सय१५ थान साबुन वितरण गरेका छन ।

५ स्थानिय तहले साबुन बाँडेनन

सुनबर्षी नपा , सुन्दरहरैचा नपा , धनपालथान गाप , ग्रामथान गाप , मिक्लाजुङ गापले भने साबुन वितरण गरेका छैनन ।


साढे ३० लाख केजी चामल वितरण

मोरङका स्थानिय तहले ८६ हजार ८ सय ८८ विपन्न परिवारलाई राहत वितरण गरेका छन ।
स्थानिय तहले हालसम्म २९ लाख ८७ हजार ६ सय ६७ केजी चामल र १ लाख ७७ हजार ५ सय ८५ केजी दाल राहत वापत वितरण गरेका छन ।

उनीहरुले ५८ हजार ३ सय ३८ केजि ८६ हजार १ सय ८८ केजि नुन र ५० हजार ७ सय ३६ लिटर खानेतेल अनि १ हजार ५ सय ३० लिटर दुध पनि वितरण गरेका छन् ।

मोरङका १७ वटै स्थानिय तहले आ–आफ्नो मापदण्ड बनाएर खाद्यान्न सामाग्री वितरण गरेका थिए ।

jackson ribon