स्वास्थ्यको लागि दहीको सेवन आवश्यक

धेरै मानिसहरू खाना खाएपछि नियमित रूपमा दहीको सेवन गर्छन् ।

दहीमा भिटामिन बी, बी १२, क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता तत्वहरू पाउनुका साथै शरीरको तापक्रमलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

दहीमा लुकेको स्वास्थ्य र सौन्द्धर्यको रहस्य थाहा पाएपछि, मानिसहरूले यसलाई दैनिक खान सुरु गर्छन् । दहीका गुणहरू यस्ता छन्:

  • दहीको दैनिक सेवनले शरीरमा रोगहरूविरुद्ध लड्न सक्ने क्षमता बढाउँछ । दहीले कब्जियत पनि निको हुन्छ ।
  • गर्मीको मौसममा दहीको लस्सी पिउँदा पेटको ताप कम हुन्छ ।
  • दहीले पाचन क्षमता बढाउँछ । त्यसैले दहीलाई नियमित सेवन गर्दा धेरै पेटका रोगहरू निको हुन्छ ।
  • दहीको दैनिक सेवनले चिसो र श्वासप्रश्वासको संक्रमणलाई पनि रोक्छ ।
  • दही खानेले अल्सर जस्ता रोगहरूमा विशेष लाभ मिल्छ ।
  • दहीमा प्रशस्त मात्रामा क्याल्सियम पाइने हुदा हड्डी, दाँत, तथा नङलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
  • दहीले एसिडिटी हटाएर भोक जगाउँछ ।
  • दहीमा पाइने फोस्फोरस र भिटामिन ‘डी’ले ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याकविरुद्ध लड्न मद्दत गर्छ ।
Loading...