birat ribon

इलाममा विष्फोटक पदार्थसहित चन्द समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ

Neuro
इलाममा विष्फोटक पदार्थसहित चन्द समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ

इलाम, २३ वैशाख । इलाममा विष्फोटक पदार्थसहित चन्द समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ परेका छन् । इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसमा लागि प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

cura insider

पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकीबम एक थान, पाइपमा फिट गरिएको बम एक थान, डेथकड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका विष्फोटक पदार्थ, चक्कु तथा दस्तावेज फेला पारिएको छ ।

पक्राउ परेका तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याइपुर्‍याइएको छ ।

jackson ribon