birat ribon

भारतीयहरुबाट नेपाली सुरक्षाकर्मीहरु माथि आक्रमण बढदो

Neuro
भारतीयहरुबाट नेपाली सुरक्षाकर्मीहरु माथि आक्रमण बढदो

झापा , २३ बैसाख । नेपाल भारत सिमा सुरक्षाकालागि खटिएका नेपाली सुरक्षाकर्मीहरुमाथि भारतीयहरुले आक्रमण र दुव्यर्वहार गर्ने घटना बढन थालेका छन ।

सिमा क्षेत्रमा नेपालतर्फ भारतीयहरुले खेती गरेको र लकडाउनलाई ख्याल गर्दै नेपाल आउन नदिँदा भारतीयहरुले नेपाली सुरक्षाकर्मीहरुलाई आक्रमण गर्ने क्रम बढेको हो ।

cura insider

झापाको कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।

झापा गाउँपालिकामा भारतीयहरुले नेपाली सुरक्षाकर्मीहरुमाथि दुव्र्यवार र आक्रमण गरिसकेका छन ।

भद्रपुरमा पारिबाट नेपालतर्फ गरेको मकै भाँच्न आएका भारतीयहरुले नेपाल छिर्न नपाउँदा सिमा सुरक्षार्थ खटिएका नेपाली शसस्त्र सुरक्षाकर्मीहरुलाई गालीगलौज गर्ने र हँसियाले प्रहार गर्ने कार्य गरेका थिए ।

तर सोमवार२२ बैसाखमा फेरि झापा गाउँपालिका वडा नम्वर ४ को जङे पिलर १३१ नम्वर आसपास खटिएका सुरक्षाकर्मीहरुमाथि भारतीयहरुले आक्रमण प्रयास गरेका छन ।

दिउँसो पाहुना खानकालागि भन्दै नेपाल छिर्न खोजेका दुई भारतीयलाई रोकेपछि साँझ ५ बजेतिर हातहतियार सहित आएका भारतीयहरुले नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो । प्रदेश सांसद हिरा थापाले नेपाली सुरक्षाकर्मीहरुमाथि गरेको आक्रमण प्रयास निन्दनिय भएको बताएका छन ।

jackson ribon