जर्मन फुटबलमा १० जनामा कोरोना संक्रमण

एजेन्सी, २३ वैशाख । जर्मनीको शीर्ष डिभिजनको दुई लिगमा १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

जर्मन फुटबल लिगका दुई क्लबमा १० खेलाडीमा कोरोना संक्रमण पाइएको जर्मन फुटबल लिगले सोमबार जनाएको छ ।

शीर्ष दुई डिभिजन आवद्द खेलाडी र स्टाफहरु गरी १० जनामा कोरोनाको संक्रमण देखिएको हो ।

जर्मन फुटबल लिगले १७ सय २४ खेलाडीहरूको परीक्षण गरेकोमा १० जना कोरोना भाइरस पोजिटिभ पाइएको हो ।

यसै साता शीर्ष डिभिजनको क्लब कोलोनका ३ जनामा कोरोना देखिएको थियो ।

जर्मन फुटबल लिगले अर्को साताबाट प्रशिक्षण पूर्ण रूपमा सुरु गरेर लिगको तयारीमा गरेको थियो ।

जर्मन फुटबलले यसै महिनाबाट लिग सुचारु गर्ने तयारी गरिएको छ । जर्मनीले सबैभन्दा पहिले फुटबल लिगहरू सुचारु गर्न गइरहेको छ।

Loading...