मेस्सीले ४० वर्षयता सन्यास लिँदैनन् : जाभी

एजेन्सी, २३ वैशाख । बार्सिलोनाका पूर्वखेलाडी जाभी हर्नान्डेजले पूर्वसहकर्मी लियोनल मेस्सीले ४० वर्षभन्दा यता सन्यास नलिने बताएका छन् ।

बार्सिलोनाका अर्का पूर्वसहकर्मी सामुअल इटोसँगको इन्स्टाग्राम च्याटमा जाभीले यस्तो बताएका हुन् ।

३२ वर्षीय बार्सिलोनाका कप्तान मेस्सी सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता हुन् । अर्जेन्टिनी स्टार मेस्सीले यो सिजन बार्सिलोनाका लागि २४ गोल गरेका छन् ।

‘मेस्सीले अझै पाँच वा सात वर्ष फुटबलमा सुखद बिताउन सक्छन्’, जाभीले भने, ‘उनले आफ्नो ध्यान राम्रोसँग राख्न सक्छन् ।’

‘ उनले ३७, ३८, ३९ वर्षसम्म आरामले खेल्नेछन् । उनले कतार विश्वकप पनि खेल्नेछन् । म आशावादी छु । समग्रमा भन्दा मेस्सीले ४० वर्षयता सन्यास लिँदैनन्’, उनले भने ।

Loading...