जुनबाट ला लिगा सुचारु गर्ने तयारी

एजेन्सी, २३ वैशाख । स्पेनिस ला लिगा जुन महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ । कोरोना भाइरसका कारण स्थगित लिग जुनबाट सुचारु गर्ने लक्ष्य आयोजकले राखेको हो ।

asf

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण गत ९ मार्चबाट ला लिगा स्थगित छ । तर, ला लिगा क्लबहरूले प्रशिक्षणमा फर्किने तयारी गरेका छन् ।

रियल मड्रिडले ११ मेबाट प्रशिक्षण थाल्ने भएको छ भने बार्सिलोना पनि अभ्यासमा फर्किने योजनामा छ ।

ला लिगाका खेलाडीहरूको कोरोना परीक्षण पनि अर्को साता गरिने छ । स्पेन सरकारले लगाएको लकडाउन अहिले खुल्ला गरिएको छ ।

ला लिगामा ११ चरणका खेल बाँकी छन् । अंकतालिकामा साविकको विजेता बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । रियल २ अंकले बार्सिलोनाभन्दा पछि परेको छ ।

Loading...