सडक मानिसको पीडा समेटिएको ‘कस्तो कर्म’ (भिडियोसहित)

विराटनगर, २२ वैशाख । सडक मानिसको पीडामा समेटिएको ‘कस्तो कर्म’ बोलको गीत सार्वजनिक भएको छ ।

केही समयअगाडि सार्वजनिक भएको यस गीतमा गायक प्रमोद खरेलको आवाज रहेको छ ।

दिल खड्काको शब्द संयोजन रहेको उक्त गीतमा दीपक जंगमको संगीत रहेको छ ।

गोपाल रसाइलीको एरेन्जमा रहेको सो गीतको म्युजिक भिडियोमा सडक मानिसको पीडा देख्न सकिन्छ ।

सडकमा रहेका मानिसहरूले खेप्नु परेको सास्ती, भोको रहेर भोगेको दुःखलगायत देखाइएको उक्त भिडियोमा कमल सिंहको अभिनय रहेको छ ।

यसका साथै विभूति भट्टराईको पनि यस म्युजिक भिडियोमा अभिनय रहेको छ ।

भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् भने अभेष बज्राचार्यले खिचेका हुन् । भिडियो सम्पादनको काम भने माधव बेल्बासेले गरेका हुन् ।

Loading...