birat ribon

प्रहरीलाई औषधि र स्वास्थ्य सामाग्री प्रदान

Neuro
प्रहरीलाई औषधि  र स्वास्थ्य सामाग्री  प्रदान

विराटनगर, २२ वैशाख । नेपाल औषधि व्यवसायी संघ मोरङले सुरक्षाकर्मीलाई र स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

संघले इलाका प्रहरी कार्यालय रंगेली मातहतमा खटिएका प्रहरीलाई सेनिटाइजर, माक्सका साथै ज्वरो, रुघा,खोकी रोगको औषधि प्रदान गरेको हो ।

cura insider

संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले , उपाध्यक्ष देशबन्धु ढकाल, महासचिव दिनेश ठाकुर, सचिव हरिराज रेग्मी, सह–कोषाध्यक्ष पुष्पराज पोखरेल र सदस्य प्रकाश धिमाल लगायतले १० लिटर सेनिटाइजर, २ सय थान मेडिकेयर माक्स, ग्लोब्स् र केही औषधिहरु आइतबार इलाका प्रहरी कार्यालय रंगेलीमा हस्तान्तरण गरेका छन् ।

औषधी व्यवसायी संघ मोरङले विराटनगर महानगरपालिका –८ को विराटेश्वर बृद्धाश्रम तथा बुढीगंगा गाउँपालिका–१ को महिला जागृति तथा बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई एक महिनाको औषधि, स्वास्थ्य सामाग्री र खाद्यान्न प्रदान गरेका थिए ।

jackson ribon