birat ribon

सांसद यादवको निवेदन सरकारी वकिल कार्यालयमा दर्ता

Neuro
सांसद यादवको निवेदन सरकारी वकिल कार्यालयमा दर्ता

विराटनगर, २२ वैशाख । नव गठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको निवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा दर्ता भएको छ ।

Padelux insider
cura insider

सांसद डा. यादवले आफूलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध प्रहरीमा जाहेरी दिर्ता गराउनका लागि दिएको निवेदन सरकारी वकिलको कार्यालयले सोमवार दर्ता गरेको हो ।

प्रहरीले किटानी जाहेरी दर्ता गराउन नमानेपछि सांसद यादवले जाहेरी दर्ता गराउने आदेश माग गर्दै काठमाण्डौ सरकारी वकिलको कार्यालयमा निवेदन दर्ता गर्न पुगेका थिए ।

तर अध्ययनका लागि केही समय चाहिने भन्दै सरकारी वकिल कार्यालयले निवेदन दर्ता गर्न इन्कार गरेको थियो ।

सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले सोमबार डा. यादवको निवेदन दर्ता भएको बताए ।

उनका अनुसार अब सरकारी वकिलको कार्यालयले जाहेरी अध्यन गरेर प्रहरीलाई दर्ता गराउन पर्ने वा नपर्ने भन्नेबारे आदेश गर्नेछ । र , प्रहरीले जाहेरी दर्ता नगरे वादी पक्ष परमादेश माग गर्दै अदालतमा जान सक्नेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ ।

प्रहरी र सरकारी वकिल कार्यालयले निवेदन दर्ता नगरेपछि डा. यादवले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराउन पहल गरिदिन माग गर्दै निवेदन दर्ता गराएका थिए ।

१० वैशाख राती महोत्तरी घर भएका समाजवादी पार्टीका सांसद तथा पूर्व राज्यमन्त्री यादवलाई नेकपाका सांसदहरु महेश बस्नेत , किसान श्रेष्ठ र पूर्व आइजिपी सर्वेन्द्र खनालको समूहले राती अपहरण गरेर काठमाण्डौ ल्याई म्यारिट होटलमा बन्धक बनाएको आरोप लागेको छ ।

आरोपी पक्षले भने सांसद यादव राजीखुसी योजनामा आफूहरुसँग आएको र परिस्थिति अनुकुल नभएपछि बिहान एकाएक आफ्नो पार्टीको सम्पर्कमा पुगेर अपहरणको झुठो आरोप लगाएको बताउँदै आएका छन् ।

jackson ribon