birat ribon

कोरोना संक्रमितमा लक्षण देखिएन, सतर्कता अपनाएर परीक्षण दर बढाउनुपर्ने

Neuro
कोरोना संक्रमितमा लक्षण देखिएन, सतर्कता अपनाएर परीक्षण दर बढाउनुपर्ने

विराटनगर, २२ वैशाख । कोरोना संक्रमण देखिएकाहरूमा लक्षण नदेखिएपछि विज्ञहरूले परीक्षण तीव्र बनाउनुपर्ने बताएका छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना संक्रमित उपचार गराइरहेका छन् ।

सबै संक्रमितहरूमा कोरोनाको लक्षण देखिएको छैन । संक्रमितमा लक्षण नदेखिएपछि परीक्षण दर बढाउनुपर्ने विज्ञहरूले बताएका हुन् । ‘अस्पतालमा उपचार गराइरहेका केहीको घाँटीमा खसखसबाहेक अन्य लक्षण देखिएको छैन,’ कोरोना विशेष अस्पतालका डाक्टर दीपक सिग्देल भन्छन्, ‘संक्रमितलाई लक्षण नदेखिनुले समुदायस्तरमा फैलने हुन्छ ।’

cura insider

जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बा पनि लक्षण नदेखिँदा फैलनसक्ने जोखिम हुने भएकाले परीक्षणको दर बढाउनुपर्ने बताउँछन् । नेपालमा देखिएको कोरोना लक्षणरहीत भएका कारण समुदायमा परीक्षणको दायर बढाउनुपर्ने उनीहरूको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेल परीक्षणको दर बढाउने तयारी भइरहेको बताउँछन् । मन्त्रालय आवश्यक सामाग्री जुटाउन लागि परेको बताउँदै उनले सामाग्री आएपछि परीक्षणको दर बढाइने बताए ।

आइतबारसम्म प्रदेश १ मा १ हजार ५ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको छ । आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको छ । ती नमुना परीक्षण गर्दा ३१ जनामा पोजेटिभ देखिएको छ ।

लक्षण नदेखिनु खतराको घण्टी

सामान्तया संक्रमणको २ देखि १४ दिनमा कोरोनाको लक्षण देखिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । १४ दिनसम्म जोखिम हुने भएकाले शंकास्पद स्थानबाट आएकालाई दुईसाता क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो ।

तर विदेशबाट आएको ४७ दिनपछि पनि कोरोना पोजेटिभ देखिएको छ । तर पोजेटिभ देखिएका संक्रमितहरुमा लक्षण देखिएको छैन । संक्रमितलाई कोरोनाको लक्षण किन देखिएन ? जनस्वास्थ्य विज्ञ डाक्टर सुब्बा भन्छन्, ‘संक्रमितको रोगप्रतिरोधी क्षमता बढी हुनसक्छ ।’ उनी संक्रमण भएका कमजोरहरूमा छिटो लक्षण देखिने बताउँछन् ।

डाक्टर दीपक सिग्देल लक्षण नदेखिनुले भाइरस कमजोर भएको हुनसक्ने बताउँछन् । उनी नेपालीको आन्तरिक क्षमता पनि बढी भएको हुनसक्ने भएकाले अध्ययन गर्न आवश्यक रहेको बताउँछन् ।

अध्ययन भइरहेको छ

संक्रमितमा लक्षण नदेखिएपछि भाइरसका बारेमा विज्ञ टोलीले अध्ययन गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ डाक्टर रोशन पोखरेल बताउँछन् । नेपाल सरकारले कोरोनाको पहिलो लक्षण ज्वरो आउने, घाटी दुख्नेलगायत रहेको भन्दै प्रचार गरेको थियो ।

तर पछिल्लो समय देखिएका संक्रमितमा ज्वरो नदेखिएकाले ज्वरोलाई पहिलो लक्षण सूचीबाट हटाइएको उनले बताए । लक्षण नदेखिएको र विदेशबाट आएको धेरैपछि संक्रमण देखिएका कारण विज्ञको टोलीले अनुसन्धान गरिरहेको उनले बताए ।

jackson ribon