birat ribon

इसाई समाज विराटनगरद्वारा महानगरपालिकालाई राहत हस्तान्तरण

Neuro
इसाई समाज विराटनगरद्वारा महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर २१ वैशाख, कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले गरेको लकडाउन ४० दिन नाघिसकेको छ ।

दैनिक ज्यालामजदुरी गरेर जीवन चलाइरहेका सबै तहका मानिसहरू आर्थिक अभावमाभोकै बस्नुपर्ने अवस्थासिर्जना हुँदै गएको छ ।

cura insider

महानगरभित्रबसोबास गर्ने विपन्न र अभावमा रहेका व्यक्तिहरूलाई राहतप्रदान गर्न इसाई समाज विराटनगरले ५५ हजार बराबरको ५० बोरा चामल विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

इसाई समाज विराटनगर नागरिकस्तरको धार्मिक संगठन भएको कारण नागरिकको पीडा महशुस गर्दै सानो भएपनि सहायता उपलब्ध गराएको समाजका अध्यक्ष सुरज मल्लले बताए ।

राहत बुझ्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजमा भएका हरेक धार्मिक निकायहरूले यसरी नै सहायता गरे जस्तोसुकै ठूलो कहरको सामना गर्न पनि सहज हुने बताए ।

jackson ribon