लकडाउनले प्रदेश १ मा कुखुरा पालन व्यवसाय संकटमा


विराटनगर , २२ बैसाख । लामो लकडाउनेगर्दा प्रदेश नं १ मा कुखुरा पालन व्यवसाय संकटमा परेको छ ।

लामो लकडाउने गर्दा कुखुराकालागि दाना अभावहुँदा र उत्पादन भएका कुखुरा र अण्डा बिक्रिमा समस्या भएपछि प्रदेश नं १ मा कुखुरा व्यवसाय संकटमा परेको हो ।

लकडाउनले गर्दा सबै होटल , रेष्टुरेन्टहरु बन्द भएकोले फ्रेस हाउसहरु पनि बन्द छ । यसैले कृषकहरुलाई बजारसम्म कुखुरा पुरयाउन पनि समस्या छ ।

यसैले मासुको खपत ८० प्रतिशत कम भएको छ । २० प्रतिशत मासुको खपतकालागि पनि लकडाउनले लान ल्याउन समस्या छ ।

लकडाउने गर्दा शहर बजारका फ्रेस हाउसहरु अझै सञ्चालनमा आउन सकेका छैनन । कसैकसैले साँझ प्रहरीबाट जोगिदै मासु बिक्रि गर्ने गरेका छन ।

एक नम्बर प्रदेश कृषी , भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सुचना अधिकारी हरिसिंह खत्रीका अनुसार एक नम्बर प्रदेशमा ६ सय बढी कुखुरा फर्महरु छन । लकडाउनले सबैको बिक्रि घटेको र कृषकहरु सबैलाई दानाको अभाव भएको छ ।

भारतबाट कच्चा पर्दाथ (मकै ) आयात नभएकोले नेपालमा उद्योगहरुले दाना उत्पादन गर्न पाएका छैनन ।सुनसरीको बराहक्षेत्रमा रहेको १२ टन , इटहरीमा रहेको २० टन र झापा दमकमा रहेको १५ टन क्षमताको कोल्ड स्टोरमा कुखुरा भरिसकेका छन ।

प्रदेश कृषी मन्त्रालयका पशुपंक्षी महाशाखाका अनुसार प्रदेशमा १ अर्ब बढीको कुखुरा व्यवसायमा कृषहरुको लगानी छ ।

मोरङका कृषक वलराम थापाका अनुसार लकडाउनले साना र मझौला ठूला सबैखाले कुखुरा पालक कृषकहरु मारमा परेका छन ।

अब एक महिनाभित्र समस्या समाधान नभए कुखुरा पालन व्यावसाय पुर्ण रुपमा धरासायी हुनेछ । दानाको अभाव र कुखुराको सिमित आयुले गर्दा पालन गरेका कुखुराहरु खोरमै मर्ने जोखिम छ ।

कतै कृषहरुले सस्तो मुल्यमा पनि कुखुराहरु बोलाइ बोलाई बिक्रि गरिरहेका छन । कसैले चाँही सस्तो मुल्मा पनि बिक्रि नभएपछि कुखुरा खाल्डो खनेर पुर्न थालेका छन ।

कतै दाना अभावमा खान नपाएर चल्लाहरु खोरमै मर्न थालेका छन । लकडाउनले गर्दा ह्रयाचरीहरुले चल्ला उत्पादन गर्न छाडेका छन ।

Loading...