रोड्रिग्वेजलाई अनुबन्ध गर्ने इन्टर मियामीको तयारी

एजेन्सी, २२ वैशाख । स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी जेम्स रोड्रिग्वेज भित्र्याउन इन्टर मियामीले तयारी थालेको जनाइएको छ ।

‘गोल डटकम’मा उल्लेख गरिएअनुसार मियामीले कोलम्बियन स्टार रोड्रिग्वेज अनुबन्धका लागि तयारी थालेको हो ।

मियामीका सह खेल निर्देशक पल एमसीडनफले आफू रोड्रिग्वजेलाई क्लबमा अनुबन्धका लागि तयारीमा लागेको जनाएका छन् ।

सन् २०१७ मा रियलबाट लोनमा जर्मन क्लब बायर्न म्युनिख गएका उनी यसै सिजन मात्र बर्नाबेउ फर्किएका छन् ।

तर, प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाइमा पर्न संघर्षरत देखिएका उनले क्लब छोड्ने मनसाय बनाएको बताइन्छ ।

यस्तैमा मियामीका मालिकमध्येका एक डेभिड बेकह्यामले उनीमाथि नजर लगाएका छन् ।

केही समयअगाडि मात्र बेकह्यामले रोड्रिग्वेजको विषयमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्पर्क गरेका थिए ।

Loading...