दिवेश अमेरिकन आइडलको शीर्ष १० मा

एजेन्सी, २२ वैशाख । अमेरिकाको सिङ्गीङ रियालीटी शो अमेरिकन आइडलमा उत्कृष्ट प्रस्तुति दिदैँ नेपालका दिवेश पोखरेल (‘अर्थर गन’को नामबाट परिचित) अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल भएका छन् ।

जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थानमा पुग्न सफल भएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण प्रत्येक प्रतियोगीले आफ्नै घरबाट प्रस्तुति दिँदै आएका छन् ।

दिवेशले हरेक प्रस्तुतीमा जजबाट जजबाट उत्कृष्ट प्रतिकृया पाइरहेका छन् भने निर्णायकले दिवेशलाई शीर्ष १० मा छनोट गर्न आफूहरूलाई कठिन नभएको बताउँदै आएका छन् ।

टप १० मा परेकोमा दिवेश निकै खुसी छन् र आफ्नो सपनाहरू झन् नजिक हुदैँ गएको बताएका छन् ।

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूले पाएको मायाले हौसला पाएको उल्लेख गरेका छन् ।

Loading...