आजको मौषम : हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

काठमाडौं, बैशाख २२ । सोमबार उच्च पहाडी तथा पश्चिम तराईका विभिन्न स्थानमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी क्षेत्रमा अपराह्नपछि वर्षा हुने देखिए पनि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा भने त्यसअगाडि नै वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सोमबार रातीसम्म देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार समेत देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली कायमै रहने जनाइएको छ ।

नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

Loading...