बार्सिलोनाका पूर्वखेलाडी रोनाल्ड कोम्यान अस्पताल भर्ना

एजेन्सी, २२ वैशाख । नेदरल्याण्डका प्रशिक्षक रोनाल्ड कोम्यान छातीको समस्याका कारण अस्पताल भर्ना भएका छन् ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका कोम्यान छाती दुखाइका कारण आइतबार साँझ आमस्टरडाम अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ ।

५७ वर्षीय कोम्यानको कार्डियक क्याथेटेरिसेसन सफल उपचार सफल भएको अस्पताल व्यवस्थापन विभागले जानकारी दिएको छ ।

इभर्टन र साउथह्याम्पटनका पूर्वप्रशिक्षक कोम्यान आजै डिस्चार्ज भएर घर फर्किने परिवारले आशा गरेका छन् ।

‘उहाँलाई केही दिन आरामको जरुरत छ, आशा गर्छौं उहाँ चाँडै ठीक हुनुहुनेछ’, अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

कोम्यानकी पत्निले घरमा कोम्यान बिरामी भएपछि उनलाई एम्बुलेन्समा अस्पताल लगिएको बताइन् ।

कोम्यानले आफ्नो करिअरको ६ वर्ष बार्सिलोनाबाट खेलेका थिए । सन् १९८९ देखि १९९५ सम्म क्याप नोउबाट खेलेका उनले १ सय ९२ खेल खेलेका थिए ।

Loading...