सिरी ‘ए’ क्लबलाई आजबाट प्रशिक्षण थाल्न अनुमति

एजेन्सी, २२ वैशाख । इटालियन सरकारले देशका फुटबल क्लबलाई आजबाट प्रशिक्षण थाल्न अनुमति दिएको छ ।

आइतबार सरकारले सिरी ‘ए’ क्लबहरूलाई आजबाट प्रशिक्षण थाल्नेगरी अनुमति दिएको हो ।

सरकारले सामाजिक दूरी कायमै गरी व्यक्तिगत रूपमा सर्वसाधारणलाई पनि पार्कलगायतका स्थानमा अभ्यास गर्न अनुमति दिएको हो ।

यससँगै फुटबल खेलाडीलाई पनि सोही नियम पालना गरी ट्रेनिङ गर्न अनुमति दिइएको छ।

प्रशिक्षणका बेला खेलाडीलाई व्यक्तिगत रूपमा प्रशिक्षण गराउन सरकारले आग्रह गरेको छ । प्रशिक्षण स्थलमा बाहिरको व्यक्तिहरूले प्रवेश निषेध गर्न आग्रह गरेको छ ।

आजदेखि १७ मेसम्म खेलाडीहरूले व्यक्तिगत प्रशिक्षण गर्न पाउनेछन् भने त्यसपछि समूहगत रूपमा प्रशिक्षण हुने आशा गरिएको छ ।

सासुलो र रोमाले यसअघि नै व्यक्तिगत रूपमा अभ्यास गर्न थालिसकेका छन् ।

Loading...