birat ribon

उपचाररत महिला खेलाडीलाई मेयर पराजुलीबाट २५ हजार सहयोग, उपचार खर्च एन्फाले ब्यहोर्ने

Neuro
उपचाररत महिला खेलाडीलाई मेयर पराजुलीबाट २५ हजार सहयोग,  उपचार खर्च एन्फाले ब्यहोर्ने

विराटनगर २१ बैशाख । आँखामा चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरको उपरचारका लागि विराटनगर महानगरका मेयर भीम पराजुलीले २५ हजार रुपैयाँ सहयोग गरेका छन ।

आइतबार विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालमा उपचाररत मगरसँगको भेटका क्रममा पराजुलीले २५ हजार सहयोग गरेका हुन ।

cura insider

रकम सानो भए पनि उपचारमा सहयोग पुग्ने अपेक्षाका साथ प्रदान गरिएको मेयर पराजुलीले बताए ।

उदयपुरको बेलका नगरपालिका ५ निवासी १६ वर्षीया समिक्षाको १२ बैशाखमा काम गर्ने क्रममा आँखामा चोट लागेको थियो ।

बन्दा बन्दीका कारण उपचारमा भएको कठिनाइका कारण आँखाको इन्फेक्सन बढेको छ ।

उपचार खर्च एन्फाले ब्यहोर्ने

अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ ।

मगरसँगको भेटका क्रममा एन्फाका प्रवक्ता किरण राईले बिरामी खेलाडीको उपचार खर्च ब्यहोर्ने जनाएका हुन ।

jackson ribon