birat ribon

सप्तरीमा १६ जमाती बसेको मस्जिद आसपासको रिपोर्ट नेगेटिभ

Neuro
सप्तरीमा १६ जमाती बसेको मस्जिद आसपासको रिपोर्ट नेगेटिभ

सप्तरी, २१ बैशाख । सप्तरीमा ३१७ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । आइतबार थप ८१ जनाको ‘पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ’ आएसँगै जोखिमयुक्त ठहर गरिएको सप्तरीका तीनवटा नगरपालिकाबाट लिइएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको हो ।

cura insider

स्वास्थ्य कार्यालय सप्तरी निमित्त प्रमुख दुनियालाल यादवले जोखिमयुक्त ठहरिएका सप्तरीको तीन नगरपालिकाबाट सङ्कलन गरिएको ३१७ स्वाबको रिपोर्ट नेगेटिभ आएको र एउटाको रिपोर्ट आउन बाँकी रहेको बताए ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केबाट सङ्क्रमित पुष्टि भएका जमातीहरू सप्तरीको बोदे बर्साइन, कञ्चनरूप, सप्तकोशी नगरपालिका हुँदै भुल्के गएको यात्रा विवरणअनुसार ती क्षेत्रबाट स्वाब सङ्कलन गरिएको हो ।

सप्तरीको बोदे बसाईन नगरपालिकाबाट १६१, सप्तकोशी नगरपालिकाबाट ११४ र कञ्चनरूप नगरपालिकाबाट ४३ गरी ३१८ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

इस्लामी सघं नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले उदयपुरको भुल्केभन्दा अगाडि जमातीहरू बसेको मस्जिदमा एकजना पनि कोरोना सङ्क्रमित फेला नपरेकाले जमातीबाट कोरोना सरेको नभई भारतमा अध्यनरत विद्यार्थीबाट जमातीमा कोरोना सरेको बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट पठाइएको ५१ मध्ये ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार पठाइएको चारवटाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए ।

सप्तरीबाट हालसम्म पठाइएकामध्ये तीन सय ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीवासीको त्रास केही कम भएको छ । रासस

jackson ribon