‘छक्का पन्जा ४’ स्थगित, नयाँ फिल्म बन्ने संकेत

विराटनगर, २१ वैशाख । ‘छक्का पन्जा ४’ आगामी दसैँमा प्रदर्शन हुने घोषणा गरिएको थियो । तर, ‘छक्का पन्जा ४’ फिल्म यो वर्ष नाउने भएको छ ।

कोरोना भाइरसका कारण २०७७ सालको दसैंमा फिल्म प्रदर्शन गर्न नसकिने भएको कारण फिल्म अहिलेलाई स्थगित गरिएको निर्देशक, निर्माता तथा कलाकार दीपक राज गिरी र टिमले बताएका छन् ।

गिरीले फिल्म ‘छक्का पन्जा ४’ भन्दा पहिले अर्को फिल्मको तयारी गरिरहेको संकेत दिएका छन् ।

अहिले नयाँ टिमको कथा सुनिरहेको हुँदा नयाँ टिमसँग सहकार्य गरेर चलचित्र बन्ने सम्भावना उच्च देखिन्छ ।

नयाँ फिल्ममा काम गर्दै गरेका उनले उक्त फिल्म २०७८ सालको बैशाखमा नयाँ वर्षको अवसर पारेर सार्वजनिक गर्ने योजना रहेको बताउँछन् ।

साथै उनको टिमले दसैंमा आउनेगरी ६-७ भागको वेब सिरिज बनाउने विषयमा सोच्दै गरेको पनि बताएका छन् ।

छक्का पन्जा-४ को कथा  ३ करोड हाराहारीको लगानीमा निर्माण हुने हुँदा  कोरोना भाइरसको कारण ओभरसिज र नेपालकै बजार पनि कमजोर भएको अवस्थामा ‘छक्का पन्जा ४’ निर्माणको काम स्थगित गरिएको हो ।

अब भने अर्को वर्षको दसैंमा ‘छक्का पन्जा-४’ रिलिज हुने देखिन्छ ।

Loading...