birat ribon

संखुवासभामा जंगली च्याउ खाँदा दुई परिवारका ६ जना बिरामी

Neuro
संखुवासभामा जंगली च्याउ खाँदा दुई परिवारका ६ जना बिरामी

संखुवासभा, २१ वैशाख । जंगली च्याउ खाँदा संखुवासभामा दुई परिवारका ६ जना बिरामी परेका छन ।

sdf

शनिबार सभापोखरी गाउँपालिका– २ मा जंगली च्याउ खाएर दुई परिवारका ६ जना बिरामी भएका हुन् ।

cura insider

स्थानीय २७ वर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा राईसहित उनकी श्रीमती २४ वर्षीया मनिला राई, छोरी ३ वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, दिनेशको श्रीमती २४ वर्षीया अनिता राई र दिनेशको ३ वर्षीया छोरी आकांक्षा राई बिरामी भएका हुन् ।

बिरामी ६ जनाको नै जिल्ला अस्पताल खाँदवारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

jackson ribon