च्याम्पियन्स लिगमा प्रतिबन्ध लागे डी ब्रुएनले सिटी छोड्न सक्ने

एजेन्सी, २१ वैशाख । बेल्जियिन स्टार केभिन डी ब्रुएनले वर्तमान क्लब म्यानचेस्टर सिटीलाई च्याम्पिन्स लिगमा प्रतिबन्ध लागे क्लब छोड्ने संकेत गरेका छन् ।

बेल्जियन न्यूजपेपर एचएलएनसँगको अन्तर्वार्तामा सिटीका मिडफिल्डर ब्रुएनले यस्तो बताएका हुन् ।

युईएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि यूईएफएले प्रतिबन्ध लगाएको हो ।

सिटीले सन् २०२२ सम्मको प्रतिबन्धका साथै ३० मिलियन युरो जरिवानासमेत तिर्नुपर्नेछ ।

यूईएफएका अनुसार सिटीले प्रायोजनवापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको देखिएको छ ।

यस्तै सिटीमाथि अनुसन्धानमा सहयोग नगरेको आरोपसमेत छ ।

यद्यपि, सिटीले यूईएफएको यस निर्णयविरुद्ध कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।

यस्तैमा सिटीका स्टा ब्रुएनले यूईएफएको निर्णयविरुद्ध क्लबले अपिल गर्नुपर्ने बताएका छन् ।

‘म पर्खिरहेको छु’, उनले भनेका छन्, ‘क्लबले हामीलाई यूईएफएको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ । मलाई लाग्छ उनीहरू शतप्रतिशत सही छन् । अब के हुन्छ त्यही कुरा म पर्खिरहेको छु । म मेरो क्लबलाई विश्वास गर्छु । जब कागज आइपुग्छ । म सबैकुरा हेर्छु ।’

‘२ वर्ष भनेको धेरै लामो समय हो,’ उनले थपे, ‘म एक वर्षसम्म हेर्न सक्छु । तर, म सिटीमा धेरै नै खुशी छु । म संसारकै एक उत्कृष्ट क्लबका लागि खेलिरहेको छु । मैले सबैभन्दा प्रतिस्पर्धात्मक लिग खेलिरहेको छु ।’

Loading...