birat ribon

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

Neuro
घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

ओखलढुंगा, २१ वैशाख । ओखलढुंगामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो ।

cura insider

आइतबार बिहान भीरबाट लडेकी तामाङलाई उद्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

मृतकको शव रुम्जाटार अस्पतालबाट शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । रासस

jackson ribon