birat ribon

समाजिक दुरी कायम गरेर प्रदेश नं १ मा बजेट अधिबेशन बोलाइने

Neuro
समाजिक दुरी कायम गरेर प्रदेश नं १ मा बजेट अधिबेशन बोलाइने

विराटनगर , २१ बैसाख । समाजिक दुरी कायम गरेर प्रदेश नं १ मा बजेट अधिबेशन बोलाउने भएको छ । आइतबार बसेको प्रदेश सभाको कार्याव्यावस्था समितिको बैठकले सामाजिक दुरी कायम गराएर संसदको अगामी बजेट अधिबेशन बोलाउने तयारी थालेको हो ।

समाजिक दुरी कायम गराउन तीन बिकल्प

cura insider

प्रदेश सभाका प्रबक्त्ता दयाराम दाहालका अनुसार आइतबार बसेको कार्याव्यावस्था समितिको बैठकले समाजिक दुरी कायम गराएर संसद सञ्चालन गराउनबारे तीन बिकल्पमा छलफल गरेको छ ।

जस अनुसार साँधुरो भएपनि कुर्सी फराकिलो बनाएर सिमिति सांसदहरु मात्र सहभागी भएर प्रदेश सभाकै बैठक कक्ष सञ्चालन गर्ने , दोस्रो फराकिलो र सुबिधा जनक सरकारी र गैरसरकारी कार्यालयका सभाहरु खोज्ने र उपयुक्त्त लागेमा त्यहीबाटै छोटो छरितो ढंगले बजेट अधिबेशन सञ्चालन गर्ने तेस्रो हाल प्रदेश सभा रहेको विराटनगर देवकोटा चौक स्थित भवन परिसरमा प्रिक्यापको फराकिलो भवन बनाउने र त्यही सभा सञ्चालन गर्ने ।

तर तीन बिकल्पमा छलफल भएपनि कहाँ संसद बैठक संञ्चालन गर्ने भन्नेबारे टुंगो गरिसकेको छैन । तीनै बिकल्पमा एक दुई दिन अवलोकन विश्लेषण गरेपछि जुन उपयुक्त्त हुन्छ त्यसैकालागि प्रकृया अगाडी बढनेछ ।

सकभर प्रदेश सभा सचिवालयले हालकै संसदको बैठक कक्षलाई स्तरोन्नती गरेर अधिबेशन सञ्चालन गराउने सोच बनाइरहेको छ ।

बैठक हलको टुंगो लागिसकेपछि कार्याव्यावस्था समितिले संसदिय दलहरुसँग परामर्श गरेर नियमाबली निलम्बन गरेर सर्टकटमा सबै दलको २५ प्रतिशत मात्र सांसदहरु सहभागी गराएर बजेट पारित गराउनेबारे छलफल पनि गर्नेछ ।

१७ जेठ सम्ममा बजेट अधिबेशन सुरु हुने

हिउँदे अधिवेशमा प्रदेशको नामाकरण टुंगो लगाउने सरकारले प्रतिबद्धता गरेको भएपनि लकडाउनले गर्दा प्रस्ताव स्थगित भएको थियो । एक नम्बर प्रदेश सभाको बजेट अधिबेशन १७ जेठ सम्म बोलाउने निर्णय


यसैगरि २१ बैसाखमा बसेको कार्याव्यवस्था समितिको बैठकले १७ जेठ सम्ममा बजेट अधिबेशन बोलाइसक्ने निर्णय गरेको छ ।

प्रदेश सभा सञ्चालन नियमावली अनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडी नै बोलाउनुपर्छ । यसैले १७ जेठ भन्दा पर बजेट अधिबेशन सार्न मिल्दैन ।

१ असार २०७७ मा प्रदेश सरकारले जसरी भएपनि आगामी आर्थिक बर्ष २०७७।०७८ कालागि बजेट प्रस्तुत गर्नुपर्छ । र, बजेट प्रस्तुत भन्दा अगाडी संसदको बैठकमा पुर्व बजेट छलफल अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।

जोखिमले गर्दा ६ चैत २०७६ देखी अनिश्चितकालका लागि स्थगित भएको प्रदेश नं १ को प्रदेश सभाको हिउँदे अधिबेशन ३ बैसाख २०७७ राती १२ बजेदेखी अन्तय भएको थियो ।

२३ माघ २०७६ देखी सुरु भएको देश सभाको दोस्रो हिउँदे अधिबेशनमा जम्मा २२ वटा बैठक सम्पन्न गरेको थियो । हिउँदे अधिबेशनमा ७ बिधेयक दर्ता भएकोमा एउटा मात्र पारित भएको थियो ।

हिउँदे अधिवेशमा प्रदेशको नामाकरण टुंगो लगाउने सरकारले प्रतिबद्धता गरेको भएपनि लकडाउनले गर्दा प्रस्ताव स्थगित भएको थियो ।

jackson ribon