birat ribon

लोकतन्त्रमा प्रेसलाई हतोत्साही बनाउनु असुहाउँदो कार्य

Neuro
लोकतन्त्रमा प्रेसलाई हतोत्साही बनाउनु असुहाउँदो  कार्य

विराटनगर , २१ बैसाख । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकारितालाई हतोत्साही बनाउने राज्य सत्ताको चरित्र लोकतान्त्रिक व्यवस्थामा असुहाउँदो भएको बताएका छन ।

cura insider

आइतवार विश्वप्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरको डिजिटल छलफलमा बोल्दै प्रमुख अतिथी अध्यक्ष शर्माले संबिधानको प्रस्तावनामै पुर्ण स्वतन्त्रता लेखिएपनि सरकारले नै प्रेस बिरोधी कानुन ल्याउने र हतोत्तसाही बनाउने काम असुहाउँदो भएको बताएका हुन ।

शर्माले प्रेसलाई संकुचित र हतोत्साही बनाएर लोकतान्त्रिक व्यावस्था सफल नहुने बताए । उनले भने , ‘हात बाँध्न सकिएला , मुख थुन्न सकिएला तर दिमागबाट निस्किएको बिचार संसारमा कहिल्यै कसैले थुन्न सक्दैन ढिलो चाँडो त्यो प्रस्फुटन भएरै छाडछ ।,’


अध्यक्ष शर्माले संबिधानको प्रस्तावनामा लेखिए अनुसार सरकारले नेपाली पत्रकारितालाई झन सुरक्षित बनाउने र सम्मान गर्नुपर्नेमा उल्लटै हतोत्साही गरेर नियन्त्रण गर्ने प्रयास गर्नु दुखद हो भने । उनले दुख व्यक्त्त गर्दै भने ,‘ किन सुधार हुन नसकेको हो यो समस्या
?’

अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता विना मानव अधिकारको अर्थ नहुने भएकोले पत्रकार , मानव अधिकारकर्मी र नागरिक समाज सबै मिलेर स्वतन्त्र प्रेसकालागि संघर्ष गर्नपर्ने बताए ।

उनले भने , ‘तर यो लडाई सजिलो छैन यसैले पत्रकार एक्लैले जित्न गाह्रो भएकोले सबैले मिलेर लडनु आवश्यक छ ।,

संबिधान निर्माणपछि बहुमतबाट निर्वाचित सरकार प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रताप्रति झन उदार हुनुपर्नेमा उल्टै झन अनुदार भएर प्रस्तुत भैरहेको अध्यक्ष शर्माले आरोप लगाए ।

उनले सरकारले अझै पनि संसदमा लगको प्रेस नियन्त्रित बिधेक शंसोधन गराइनसकेको बताए । अध्यक्ष शर्माले भने , ‘सरकारको कार्यकारिणीको नजरमा पत्रकारहरु शत्रु सरह छन यसैले सबैले सजग हुनुपर्ने बेला आएको छ ।,

नेपाल पत्रकार महासंघका पुर्व सभापति तारानाथ दहालले लोकतान्त्रिक व्यावस्थाकालागि ज्यानको बाजी लगाउने पत्रकारहरु लोकतन्त्रमै असुरक्षित हुनु दुखलाग्दो भएको बताए ।

उनले राजनैतिक पक्षधरताको पर्खाललाई नाग्न नसक्दा नेपाली पत्रकारिता अझै पनि कोपभाजनमा पर्ने गरेको बताए । उनले लकडाउनपछि पत्रकारहरुलाई डिजिटल चुनौती थपिएको छ भने ।

महासघका पुर्व अध्यक्ष शिव गाउँलेले पत्रकाहरुकालागि सुखद दिन आउन नसकेको बताए ।

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले महामारीको बेला पत्रकारहरुको भूमिका र जिम्मेवारी अझै बढेर गएकोले सर्तक र सुरक्षित भएर काम गर्न पत्रकारहरुलाई आग्रह गरे ।

उपाध्यक्ष विपुल पोखरेलले महामारीमा पत्रकारहरुलाई रात प्याकेज घोषणा गर्न र सुरक्षा सामग्री प्रदान गर्न वेवास्ता गरेको जानकारी गराए ।

महासचिव रमेश बिष्टले महामारीको बेला ज्यान जोखिममा राखेर अग्रपंक्त्तिमा रहेर पत्रकारहरुले सूचना प्रवाह गरिरहेपनि जस नपाएको बरु अपजस दिने काम भैरहेको पाइएको सुनाए ।

उनले महामारीमा अझै पत्रकारहरुले तलव नपाउने , सुरक्षा सामग्रीको अभावमा काम गर्नुपर्ने अवस्था कायमै रहेको जानकारी गराए ।

jackson ribon