जब क्याप नोउमा रोनाल्डोले मेस्सीको ‘मजाक’ उडाए

एजेन्सी, २१ वैशाख । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ला लिगामा रहँदा अर्जेन्टिनी स्टार लियोनल मेस्सीसँग कडा प्रतिस्पर्धा थियो ।

सन् २००९ देखि २०१८ सम्म रियल मड्रिडका फरवार्ड रहेका रोनाल्डो र बार्सिलोनाका कप्तान मेस्सी प्रतिद्वन्द्वीका रूपमा चिनिन्थे ।

aa

तथापि, हाल रोनाल्डो इटालियन क्लब युभेन्टसबाट खेल्दा पनि उनीहरूबीच प्रतिद्वन्द्विता छँदैछ । तर, स्पेनिस क्लबमा रहँदा जति हाल छैन ।

स्पेनमा छँदा विशेषगरी ‘एल क्लासिको’ यी दुईका लागि प्रतिष्ठाको लडाईं थियो । मेस्सी र रोनाल्डोको ‘एल क्लासिको’मा अग्निपरीक्षा नै हुनेगर्थ्यो ।

अगस्ट २०१७ को एक क्लासिकोमा रोनाल्डोले प्रतिद्वन्द्वी खेलाडी मेस्सीको मजाक उडाएका थिए । मेस्सीको ‘सेलिब्रेसन’ गर्दै रोनाल्डोले क्याप नोउमा बार्सिलोनाका समर्थकमाझ मेस्सीको मजाक उडाएका थिए ।

बार्सिलोनाको मैदान क्याप नोउमा भएको स्पेनिस सुपर कपको खेलमा ३–१ गोलको जित निकाल्दा रोनाल्डोले मेस्सीको मजाक उडाएका थिए ।

बेन्चमा रहेका उनले खेल सकिन केही समय बाँकी छँदा मैदान प्रवेश गरेर गोल गरेका थिए ।

‘सी’ सेलिब्रेसनले चर्चित रोनाल्डोले आफ्नो जर्सी फुकाल्दै मेस्सीलाई गिज्याएका थिए ।

मेस्सीले अप्रिल २०१७ मा ‘एल क्लासिको’मा नै गोल गर्दै आफ्नो जर्सी फुकालेर खुशी मनाएका थिए ।

सान्टियागो बर्नाबेउमा मेस्सीले त्यस्तो सेलिब्रेसन गर्दा पहेँलो कार्ड पाएका थिए । यता, मेस्सीलाई गिज्याएका रोनाल्डोले पनि पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।

Loading...