birat ribon

धेरै कोरोना संक्रमित पाइएको प्रदेश नं १ का सर्वसाधारणले गर्नुपर्ने पाँच काम

Neuro
धेरै कोरोना संक्रमित पाइएको प्रदेश नं १ का सर्वसाधारणले गर्नुपर्ने पाँच काम

विराटनगर, २१ वैशाख । अहिलेसम्म नेपालमा पाइएका अधिकांश सङ्क्रमितहरूको बस्ती अत्यन्तै बाक्लो भएकाले कोरोना भाइरस एक अर्कामा सजिलै सरेको देखिन्छ ।

सङ्क्रमितहरूको सामाजिक बसाइ भाइरस सर्न नसक्ने किसिमको दूरीमा नभएको भन्दै जनस्वास्थ्य विज्ञहरूले न्यूनतम पाँचवटा सुझाव अवलम्बन गर्न सर्वसाधारणलाई सुझाएका दिएका छन् ।

cura insider

लकडाउनको पूर्ण पालना : धेरै शहरी तथा बाक्लो बस्ती भएका स्थानमा विनाकाम मानिसहरू घरबाट बाहिर निस्किदा सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आउने सम्भावना बढ्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने हुन्छ ।

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख सुरेश मेहताका अनुसार घरबाट बाहिर ननिस्किँदा सङ्क्रमणको जोखिम घट्छ ।

तर, सङ्क्रमण भएका स्थानहरूमा बाक्लो बस्ती भएको हुँदा त्यहाँका मानिसहरूले लकडाउनको पूर्ण पालना गर्दा सङ्क्रमण फैलने सम्भावना कम हुन्छ ।

सामाजिक दूरी कायम गर्ने : प्रदेश नं १ मा सङ्क्रमणको स्थिति हेर्दा हालसम्म जुन समुदायका मानिसहरूमा धेरै सङ्क्रमण भएको छ त्यहाँ अत्यन्तै बाक्लो बस्ति रहेको देखिन्छ ।

सामाजिक दूरी कायम नभएकैले त्यहाँ एक जनाबाट अर्कोमा सङ्क्रमण सर्ने गर्छ । कम्तीमा एक-आपसमा तीन फिटको दूरी कायम हुँदा सङ्क्रमणको जोखिम कम हुने स्वास्थ्यकर्मी बताउँछन् ।

सरसफाइमा ध्यान : बाक्लो बस्ती भएको स्थानमा सङ्क्रमणको जोखिम बढ्ने भएकाले सरसफाइमा निकै ध्यान दिइनु पर्छ । मानिसले हात बारम्बार नाक तथा मुखमा लगिराख्ने भएकाले साबुन पानीले हात पटकपटक धुनुपर्छ ।

मेहताका अनुसार सङ्क्रमित व्यक्तिहरूको स्थिति हेर्दा सरसफाइमा ध्यान नपुगेको जस्तो देखिएको हुँदा सङ्क्रमणको दर कम गर्न साबुन पानीले हात धोइरहनु पर्छ ।

घरबाहिर निस्किँदा मास्कको प्रयोग : घरभित्र रहँदा मास्कको प्रयोग गर्न जरुरी नरहे पनि घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न आवश्यक हुन्छ ।

व्यक्ति सङ्क्रमित छ भन्ने थाहा नहुने र लक्षणबिनाका सङ्क्रमितबाट जोगिन पनि मास्कको प्रयोग गर्नुपर्छ ।

मास्कको प्रयोग गर्ने तरिका सही नभए त्यसले सङ्क्रमणको जोखिम झन् बढ्ने हुँदा सचेत हुनु पर्छ ।

स्वास्थ्यकर्मीलाई खबर गर्ने : कोरोना भाइरसको सङ्क्रमणसँग मिल्ने लक्षण भएका मानिस भेटिए वा आफैंमा देखिए तुरुन्त स्वास्थ्यकर्मी वा स्थानीय तहका स्वास्थ्य शाखामा खबर गरिदिन सामाजिक विकास मन्त्रालयले सर्वसाधारणसँग आग्रह गरेका छन् ।

सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री जसमाया गजमेरका अनुसार बाहिर देशबाट आएर लुकेर बसेकाले अन्य प्रदेशको तुलनामा प्रदेश १ मा समस्या बढेको र आफ्नै घरमै क्वारेन्टाइनमा पनि राम्रोसँग नबसिदिएको कारण समस्या बढेको हो ।

jackson ribon