birat ribon

नागढुंङगामा डिसइन्फेक्सन टनेल सञ्चालन

Neuro
नागढुंङगामा डिसइन्फेक्सन टनेल सञ्चालन

काठमाण्डौ, २१ बैसाख । संघिय राजधानी काठमाडौं छिर्ने मुख्य नाका नागढुंङगामा सबैखाले सवारी साधन सेनिटाइज गर्न डिसइन्सफेक्सन टनेल सञ्चालनमा आएको छ ।

Padelux insider
cura insider

काठमाडौं भित्रिने सवारी साधनहरुलाई सिँगै सेनिटाइज गरेर कोरोना संक्रमणको जोखिम कम गर्न मुख्य नाकामा डिसइन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसाार सुन्दर यातायातको सहयोगमा टनेल निर्माण भएको हो ।

उनका अनुसार उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको छ । प्रजिअ दाहालले यात्रुहरुलाई उपत्यका प्रवेश निषेध गरिएको जानकारी गराए । ैं

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सवारीमा भएको किटाणु निष्कृय पार्नका लागि डिसइनफेक्सन टनेल निर्माण गरिएको बताए ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालका अनुसार टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ ।

टनेलबाट उपत्यका भित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ ।
स्वास्थ्य बिज्ञहरुले चाँही यसरी निर्माण गरिने टनेलहरुले सुरक्षा दिन भन्दा पनि बढी जोखिम बढाउने बताउदै आएका छन ।

सिँगै सवारी सेनिटाइज नभएको भन्दै यात्रु वा मानिशहरुले आफनो सुरक्षामा ध्यान दिन छाडनेछन ।

अर्कोतिर कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने रोग भएकोले हात नाक मुख सुरक्षित राख्न वेवास्ता भएमा झन धेरै संक्रमणको जोखिम बढनेछ ।

jackson ribon