birat ribon

प्रदेश सरकारलाई युवासंघले निर्माण गरेको बुथ हस्तान्तरण

Neuro
प्रदेश सरकारलाई युवासंघले निर्माण गरेको बुथ हस्तान्तरण

विराटनगर, २१ वैशाख । राष्ट्रिय युवा संघ नेपाल मोरङ शाखाले कोरोना संक्रमणको शंकास्पद बिरामीको थ्रोट स्वाब संकलन गर्ने बुथ प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

आइतबार संघले निर्माण गरेको बुथ कोरोना विषेश अस्पतालमा प्रयोग गर्ने गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

cura insider

नेकपा मोरङ अध्यक्ष ऋषिदेश पोखरेलसहितको टोलीले प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई बुथ हस्तान्त्रण गरको थियो ।
संघले यसअघि बेलबारी नगरपालिका र सुन्दरहरैंचा नगरपालिकालाई पनि बुथ हस्तान्तरण गरेको राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

शनिबार विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई  स्वाब संकलन बुथ हस्तान्तरण गरेको  थियो ।

महानगरले अस्पताललाई औषधि छर्कने र खाना बोक्ने रोबर्ट पनि प्रदान गरेको थियो ।

jackson ribon