birat ribon

ताप्लेजुङका आगलागीपीडितको पुनर्स्थापना गर्न सरकार साथमा छ : मन्त्री भट्टराई

Neuro
ताप्लेजुङका आगलागीपीडितको पुनर्स्थापना गर्न सरकार साथमा छ : मन्त्री भट्टराई

ताप्लेजुङ, २१ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् ।

आइतबार बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनर्स्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गरे ।

cura insider

आगलागीले क्षति पुगेकामा दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुनर्स्थापना गर्ने आश्वासन दिए ।

उनले भने, “तपाईंहरूको पुनर्स्थापनामा केन्द्र, प्रदेश र स्थानीय सरकार छ साथै स्थानीय समुदाय सबै छन्, सबैको साथ सहयोग मिल्नेछ ।”

ताप्लेजुङ भौगोलिक हिसाबले बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्री भट्टराईले पछिल्लो पटक सरकारले विपद् व्यवस्थापनसम्बन्धी लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई मुलुकभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वाससमेत व्यक्त गरे ।

यता छलफलका क्रममा आगलागीपीडितको प्रतिनिधित्व गर्दै आगलागीपीडित यिगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरे ।

jackson ribon