birat ribon

सेभ द चिल्ड्रेनले दियो सरकारालाई स्वास्थ्य सामग्री

Neuro
सेभ द चिल्ड्रेनले दियो सरकारालाई स्वास्थ्य सामग्री

काठमाण्डौ , २१ बैसाख । अन्तराष्ट्रिय गैसरकारी सँस्था ‘सेभ द चिल्ड्रेन’ ले सरकारलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ ।

Padelux insider
cura insider

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्क्त ढकाललाई १ हजार ७ सय ४३ थान पीपीई एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ‘सेभ द चिल्ड्रेन’ उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्रीहरु मध्ये ३ सय ४३ थान पीपीई प्रदेश नम्बर २ को लागि र २ सय थान कर्णाली प्रदेश र बाँकी १ हजार २ सय थान पीपीई र अन्य स्वास्थ्य सामग्री आवश्यकताका आधारमा कोरोनाको उपचार हुने स्वास्थ्य संस्थामा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

नेपालमा ‘सेभ द चिल्ड्रेन’ ले विगत ४० वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

jackson ribon