एजेन्सी, २१ वैशाख । भारतीय प्रसिद्ध अभिनेता ऋषि कपुरको निधनपछि उनका परिवार र प्रसंशकहरू अझै पीडामै छन् ।
ऋषिलाई बलिउडका कलाकार तथा राजनीतिज्ञहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
यस्तैमा ऋषि कपुरकी पत्नी तथा अभिनेत्री नितु सिंहले इन्स्टाग्राममा एक फोटो सेयर गरेकी छिन् ।
उनले ऋषिको फोटो सेयर गर्दै क्याप्सनमा ‘हाम्रो कथाको अन्त्य’ लेखेकी छिन् ।

फोटोमा ऋषि कपुर हातमा ह्विस्कीको ग्लास समातेर मुस्कुराईरहेका छन् ।
ऋषि कपुर र नितुले सन् १९८० मा विवाह गरेका थिए ।
उनीहरूका रणवीर कपूर र रिदिमा कपूर सहनी गरी दुई सन्तान छन् ।
दुई वर्षयता ल्युकेमियासँग संघर्ष गरिरहे अभिनेता ऋषि कपुरको ३० अप्रिलमा निधन भएको थियो ।