अभ्यासमा फर्किने तयारी गर्दै बार्सिलोना

एजेन्सी, २१ वैशाख । बार्सिलोनाले प्रशिक्षणमा फर्किने तयारी थालेको छ ।

ला लिगा च्याम्पियन बार्सिलोनाले स्पेन सरकारको स्वास्थ्य नियम पालना गर्दै केही दिनबाट अभ्यासमा फर्किने मनसाय बनाएको बताइएको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार बार्सिलोनाले ला लिगाले गर्ने कोरोना परीक्षणपछि अभ्यासमा फर्किने मनसाय बनाएको हो ।

ला लिगाका खेलाडीहरूको कोरोना परीक्षण पनि अर्को साता गरिने छ ।

यता, रियल मड्रिडले भने अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ । यस्तैमा जिनेदिन जिदान नेतृत्त्वको टोली ११ मेबाट प्रशिक्षणम फर्किने भएको हो ।

खबरका अनुसार प्रशिक्षणका बेला खेलाडीलाई व्यक्तिगत रूपमा प्रशिक्षण गराइने भएको छ ।

यसैगरी रियलले सामाजिक दुरीलाई पनि कायम राखेर अभ्यास गरिने जनाइएको छ ।

प्रशिक्षण स्थलमा बाहिरको व्यक्तिहरूले प्रवेश रोक लगाइएको छ ।

प्रियिमर लिग र बुन्डेसलिगाका केही क्लबहरू भने केही दिन अगाडिबाट नै प्रशिक्षणमा फर्किसकेका छन् ।

Loading...